मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पसिना बढी आउँछ ? अपनाउनुहोस् यो उपाय

गर्मी मौसममा पसिना आउनु स्वाभाविक हो र यो स्वास्थ्यका लागि आवश्यक पनि मानिन्छ । तर बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन या नुनको कमी हुने जस्ता समस्या निम्तन सक्छ ।

धेरै पसिना आउनु कुनै स्वास्थ्य समस्या नभएपनि पसिनाको ग्रन्थीमा गडबडी, तनाव, हार्मोनमा गडबडी, बढी मसाला भएको खाना, बढी औषधि सेवन,मौसम तथा मोटोपनाका कारण हुन सक्छ । बढी पसिना आउने स्थितिलाई ‘हाइपरहाइड्रोसिस’ भनिन्छ।

बढी पसिना आउने समस्या छ भने सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । यसबाट बढी पसिना आउनबाट धेरै हदसम्म रोक्न सकिन्छ । व्यक्तिगत सरसफाइ कायम राख्नाले छालाको सङ्क्रमण र समस्याबाट पनि बच्न सकिन्छ।

दिनहुँ एक कप गोलभेँडाको जुस सेवन गर्नाले बढी पसिना आउने समस्याबाट राहत मिल्छ । यसका अलावा ग्रीन टी नियमित रुपमा पिउनाले स्वास्थ्य राम्रो हुनुका साथै पसिनालाई पनि नियन्त्रित गर्छ ।

यसलाई कम गर्ने अर्को घरेलु विधि पनि उपलब्ध छ । आलु काटेर नुहाउनुअघि पसिना बढी आउने ठाउँमा १० मिनेटसम्म रगड्नुपर्छ र नुहाउनुपर्छ ।

यो तरिका नियमित अपनाउन सकिन्छ । यसो गरेको पहिलो दिनदेखि नै पसिना कम आएको महसुस गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?