मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली भाषामा ‘राजामती’

काठमाडौँ– कालजयी गीत ‘राजामती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । 

नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजामतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए ।  नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो ।

यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत संयोजनमा ल्याइएको हो  ।

 सागर खनाल र सोनी लगुनलगायत कलाकारको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेका छन् । गीतका निर्माता रश्मि प्याकुरेल हुन् । गीतको भिडियो  १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?