काठमाडौँ – दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ दक्षिण कोरियाको प्रसिद्ध बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ।
फेस्टिभलले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार यो फिल्म ‘विन्डो अन एसियन सिनेमा’अन्तर्गत छनोट भएको हो।
भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ८१औँ संस्करणमा पहिलो प्रमियर भएको ‘पूजा, सर’ बुसानमा एसियन प्रिमियर भनेको हो। फिल्ममा महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको छ।
फिल्ममा आशा मंग्रातीको मुख्य भूमिका छ। उनले सबिन लेह्म्यान निर्देशित ‘ह्वाइट टाइगर’, मिलारेप्पा, बिएस राणाको ‘वसन्ती’लगायत थुप्रै नाटकहरूमा अभिनय गरिसकेकी छिन् ।
फिल्ममा पूर्वमिस नेपाल निकिता चाण्डक, कलाकार दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठको पनि अभिनय छ।
बुसान फिल्म फेस्टिभल को २९ औँ संस्करण दक्षिण कोरियाको बुसान सहरमा आगामी अक्टोबर २ देखि ११ सम्म हुँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया