मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बढ्दै छ युवापुस्तामा उच्च रक्तचापको समस्या ?

काठमाडौँ –  मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १ सय ४० एमएमएचजी भन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजीभन्दा बढी भएमा उच्च रक्तचाप भएको मानिन्छ ।

नेपालमा पनि पछिल्लो समय युवापुस्तामा उच्च रक्तचापको समस्या बढिरहेको तथ्याङ्कहरूले देखाएका छन् ।  नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । जसमध्ये २५ वर्षमुनिका १० प्रतिशत छन् ।

युवा पुस्ताहरूमा यो समस्या किन बढ्दै गइरहेको छ त ?

मोबाइलमा धेरै समय बिताउनु, अस्वस्थकर खानाको प्रयोग र शारीरिक गतिविधि न्यून हुनुले कम उमेरमै रक्तचाप बढ्दै गएको डाक्टर ओममुर्ति अनिल बताउँछन् ।

स्वास्थ्य समस्यासमेत थाहा नपाउँदा समयमा परीक्षण र उपचार अभावमा उच्च रक्तचाप ‘साइलेन्ट किलर’ बन्दै गएको चिकित्सकको बुझाई छ ।

उच्च रक्तचापको प्रमुख कारण मानसिक तनाव नै हो । व्यस्त जीवनशैली, अत्यधिक मानसिक तनाव, अस्वस्थकर खानपिन र शारीरिक रूपमा निष्क्रियताले कम उमेरमा नै यो समस्या देखिन्छ । त्यसैले स्वस्थ जीवनशैली तथा खानपिनमा ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?