मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाद्वारा सिरियाको हिरासत केन्द्रबाट भागेको आइएसआइएस नेता पक्राउ

काठमाडौँ – सिरियाको हिरासत केन्द्रबाट भागेर आतङ्कवादी समुहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड ‘सेन्टकम’ ले जनाएको छ ।

सिरियन डेमोक्र्याटिक फोर्सेस ‘एसडीएफ’ सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकुलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक आधिकारिक विज्ञप्तीमार्फत जनाकारी गराइएको हो ।

“ सिरियाको २० भन्दा बढी एसडिएफ हिरासत केन्द्रमा ९ हजारभन्दा बढी आइएसआइएस बन्दीहरू हिरासतमा राखिएको छ”, अमेरिकी सेन्टकमका कमान्डर जनरल माइकल एरिक कुरिलाले भने ।

यदि यी आइएसआइएस लडाकुहरू ठूलो सङ्ख्यामा भागे भने यसले क्षेत्र र बाहिरका लागि चरम खतरा निम्त्याउने जनरल कुरिल्लाले बताए । “हामी यी आइएस लडाकुलाई अन्तिम निर्णयका लागि उनीहरूको देशमा फिर्ता पठाउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेका छौ”, उनले भने ।

यसअघि अगस्ट २९ मा पाँच आइएसआइएस विदेशी लडाकु कैदीहरू ९दुई रुसी, दुई अफगान र एक लिबियन० रक्काह कारागारबाट भागेका थिए।

एसडीएफले दुई भागेका इमाम अब्दुलवाहिद अखवान ‘रूसी’ र मुहम्मद नोह मुहम्मदलाई पुनःहिरासतमा लिएको थियो । तीन भागेका तिमोर तालब्रकेन अब्दास ‘रूसी’ र शुआब मुहम्मद अल–अब्दली र अटल खालिद जार ‘दुवै अफगान’ अझै फरार रहेको अमेरिकी सेन्टकमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?