काठमाडौँ– अमेरिकामा ‘पेर्भोभाइरस बी१९’ स्ल्याप चिक’ नामक भाइरसको जोखिम बढेको छ । स–सना बालबालिकादेखि वृद्धवृद्धा र सुत्केरीमा पनि यो समस्या देखिएको बताइएको छ ।
यो रोगलाई मानिसले स्ल्याप चिक नाम दिएका छन् । यो भाइरसका कारण संक्रमितको गालामा विभिन्न धर्साहरू स्पष्ट मात्रामा देखिन्छन् । यो भाइरस फैलिन नदिन अमेरिकी रोग नियन्त्रण तथा रोकथाम अफ ग्रेमनले यसबारे शतर्कतासमेत जारी गरेको छ ।
पर्भोभाइरस बी १९ के हो?
यो सामान्य फ्लू जस्तै भाइरस हो । जसले बच्चाहरूलाई तुरुन्तै संक्रमित गर्दछ। यो भाइरसले ज्वरो समेत आउने जनाइएको छ । हुन त यो भाइरस नयाँ भने होइन तर अहिले यसले अमेरिकामा फेरि सताउन थालेको छ ।
यो भाइरसले गालामा नराम्रो देखाए पनि त्यति धेरै असर नगर्ने र छिट्टै नियन्त्रणमा आउने चिकित्सकको भनाइ छ । खास गरेर यो भाइरस चारदेखि दश वर्षसम्मका बालबालिकामा देखिएको पाइन्छ ।
यो भाइरस भाइरल संक्रमणको कारण भएको हो, जुन एक व्यक्तिबाट अर्को अर्कोमा फैलिन्छ। अहिलेसम्म यसको खोप पत्ता लागेको छैन । त्यसैले बढी सावधानी अपनाउनुपर्छ ।
स्ल्याप चिक भाइरसका लक्षण के के हुन् ?
ज्वरो आउने
पेट दुखाइ हुने
टाउको दुखाइ
हड्डीहरू दुख्ने
भाइरस रोकथाम र उपचार
सफा राख्नुहोस् र हात धोएपछि मात्र खाना खानुहोस् ।
संक्रमितबाट टाढा राख्नुहोस्।
यति शंका लागेमा चिकित्सकको परामर्श लिनुहोस्
संक्रमित क्षेत्रमा नजाने गर्नुहोस् । बालबालिकालाई पनि जोगाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया