मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी छुटाउने बच्चाको औँला चुस्ने बानी ?

धेरैजसो बच्चाहरूको औला चुस्ने बानी हुन्छ । औला चुस्ने बच्चाहरू शान्त त रहन्छन्, औला मुखमा राखेर अलमलिने हुँदा अभिभावकलाई सहज त हुन्छ तर यस्तो बानीले स्वास्थ्य समस्या निम्त्याउँछ ।

यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । बालबालिकाले औँला चुस्ने विभिन्न कारण हुने बाल रोग विशेषज्ञहरू बताउँछन् । उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।

यसरी छुटाउनुस् लत

– जब बालबालिकाले एक्लो महसुस गर्छन् अनि औँला चुस्न सुरु गर्छन् । त्यसैले सकेसम्म लामो समय बच्चाको साथमा बिताउने प्रयास गर्नुपर्छ । कहिलेकाहीँ टाउको पनि हल्लाइदिनुपर्छ । ताकि बालबालिकाले मुखमा औँला हाल्नबाट बचोस् ।

– छोटो–छोटो समयमा तपाईँले आफ्ना बालबालिकालाई कुनै न कुनै खानेकुरा दिनुपर्छ । उनीहरूको उमेरअनुसार फलफूल, दूधलगायतका खाद्यपदार्थ दिन सकिन्छ । ताकि बच्चाको पेट भरिएर मुखमा औँला राख्न छोडोस् ।

– बच्चाको औँलामा कागती र निमको रसको पेस्ट बनाई दलिदिन पनि सक्नुहुन्छ । यसको स्वाद नमिठो हुने भएकाले बच्चाले मुखमा औँला राख्ने बानी छुटाउन सक्छ ।

– यदि तपाईँको बच्चाले पटक–पटक मुखमा औँला राख्ने गर्छ भने उनीहरूलाई कहिल्यै पनि रिस उठ्ने र समस्या सिर्जना गर्ने कुरा सुनाउनुहुन्न । यस्ता बच्चालाई त स्नेहपूर्वक प्रेम र मायाको कुरा गर्नुपर्छ । त्यसपछि उनीहरूमा यस्तो लत छुटेर जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?