काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमरजेन्सी’ को रिलिज स्थगित भएको छ ।
सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले सर्टिफिकेसन दिन रोक लगाएपछि फिल्मको रिलिज रोकिएको हो । यसअघि फिल्मलाई सेप्टेम्बर ६ मा रिलिज गर्ने तयारी गरिएको थियो ।
फिल्मविरुद्ध आइतबार मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले प्रदर्शन गरेका थिए । ऐतिहासिक तथ्यलाई बिगारेर पेस गरिएको सिख समुदायले आरोप लगाएपछि बोर्डले फिल्ममा कैची चलाउन लागेको हो ।
जहाँ सिख समुदायले त फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने तथा कंगनामाथि कडा कारबाही गर्नु पर्ने माग नै राखेका छन् ।
बोर्डले पहिले फिल्म ‘क्लियर’ गरेको थियो । तर, पछि विवाद उत्पन्न भएपछि बोर्ड आफ्नै निर्णयबाट पछि हटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया