मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको कुन ठाउँमा कस्तो रङ लगाउने ?

घरमा कोठाको रङ संयोजनलाई महत्वका साथ हेरिन्छ । किनभने, घरसँग मानिसको मनोविज्ञान जोडिएको हुन्छ । 

घरभित्र र बाहिरको वातावरणले व्यक्तिको मानसिकतामा पनि प्रभाव पारिरहेको हुन्छ । त्यसले घरमा  रङ लगाउँदा धेरै ध्यान दिन जरुरी छ । 

यसै सन्दर्भमा नयाँ घर बनाइरहेका घरधनीहरू, फिनिसिङ भइरहेको घरको कोठामा कस्तो रङ लगाउने भन्ने विषयमा तपाईँहरू अलमलमा पर्नु भएको हुन सक्छ । आउनुहोस्, कोठाअनुसार कस्तो रङ लगाउने भन्नेबारे जानकारी राखौँ ।

लिभिङ रुम
घरभित्र छिर्ने बित्तिकैको पहिलो कोठा भनेको लिभिङ रूम हो । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङ प्राथमिकता दिनुपर्छ । सेतो रङलाई छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठूलो र फराकिलो देखिन्छ ।

बेडरुम
बेडरुम भनेको आराम गर्ने र तरोताजा महसुस गर्ने कोठा हो । बेडरुमको रङले तपाईँको मुडमा पनि प्रभाव परिरहेको हुन्छ । यो कोठामा हरियो रङको प्रयोग गर्नु प्रभावकारी हुन्छ । हरियो रङले तपाईँलाई शान्ति प्रदान गर्छ र आराम र ताजगी पनि महसुस हुन्छ ।

डाइनिङ टेबल
तपाईँहरूले याद गर्नु भएको होला, धेरैले आफ्नो डाइनिङ रुममा डाइनिङ टेबल र भित्ताको रङ रातो र पहेँलो कलरको कम्बिनेसनबाट बनाएका हुन्छन् । डाइनिङ रुममा रातो कलर लगाउँदा यसले भोक बढाउने गर्छ । यो रङले घरका सदस्यहरू सँगै भएको भावना पनि बढाउने गर्छ ।

रिडिङ रुम
नीलो रङले फोकस र कन्सन्ट्रेशन बढाउने काम गर्छ । यदि तपाई घरमा सानो अफिस अथवा रिडिङ रुम बनाउँदै हुनुहुन्छ भने त्यो एरियाको भित्ताहरूमा नीलो रङ प्रयोग गर्न सक्नु हुन्छ ।

किचन
घरको भान्सा कोठामा पहेँलो रङको प्रयोग गर्दा राम्रो प्रभाव परेको हुन्छ । पहेँलो रङलाई तातो रङ पनि भनिन्छ । साथै, आनन्द तथा उत्साहको रङ पनि भनिन्छ । भान्सा कोठा भनेको त्यस्तो ठाउँ हो, जहाँ परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा हुन्छन् । त्यसैले भान्सा कोठालाई पहेँलो रङले सजाएर न्यानोपनले भर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?