मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यायाम गरे लगत्तै पानी पिउनु हुनसक्छ हानिकारक

हरेक बिहान हामीहरूले व्यायाम गर्ने गर्छौ । स्वस्थ रहनका लागि व्यायाम गर्नु आवश्यक पनि छ । शरीरलाई तन्दुरुस्त र फिट राख्न साथै निरोगी बन्नको लागी पनि व्यायाम आवश्यक छ ।

शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यका लागि पनि व्यायाम निकै महत्त्वपूर्ण हुन्छ । तर व्यायाम गर्दा हामीले धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । व्यायाम गर्दा हाईड्रेट रहन आवश्यक छ । यसका लागि व्यायामको बीचमा केही पानी पिउन सल्लाह दिइन्छ ।

तर, केही मानिसहरू घण्टौँको कडा व्यायाम गरेपछि तुरुन्तै धेरै पानी पिउँछन्, जुन निकै गलत हो । व्यायाम एक शारीरिक गतिविधि हो, जसमा शरीर चलायमान हुन्छ । व्यायाम गरेर बसेपछि तुरुन्तै पानी पिउनु हानिकारक हुन सक्छ । 

यसकारण आज हामी व्यायाम गरे लगत्तै पानी किन पिउनुहुँदैन र हतार हतारमा पसिना नओबाउँदै पानी पिउँदा के–कस्तो समस्या हुनसक्छ भन्ने विषयमा जानकारी गराउँछौ । 

– मुटुमा दबाब 

व्यायाम गरेपछि मुटुलाई केही समय आराम गर्न दिनुपर्छ । तुरुन्तै पानी पिउँदा यो आन्द्रा–आमाशयमा जम्मा हुन्छ, जसले गर्दा शरीरमा अचानक रक्तसञ्चारको मात्रा बढ्छ र मुटुमा दबाब पर्छ ।

– पाचन प्रणालीमा गडबडी  

व्यायामको क्रममा पसिनाको रूपमा शरीरबाट पानी निस्कन्छ, जसले गर्दा शरीर डिहाइड्रेट हुन्छ । यस्तो अवस्थामा तातो शरीरमा अचानक चिसो पानी मिसिँदा पाचन शक्ति बिग्रन सक्छ । यस बेला शरीरको सोस्ने क्षमता कम हुन्छ, जसले गर्दा तातो पेटमा चिसो पानी पुग्दा ऐँठन, पखाला र पेट दुखाइजस्ता समस्याहरू देखा पर्न सक्छन् । तिर्खा मेटाउन चिसो पानी पिउँदा आनन्द त आउँछ तर, व्यायामपछि तातो पानी पिउनु बढी उपयुक्त मानिन्छ । पाचन प्रणालीले तातो पानीलाई सजिलै पचाउँछ, त्यसैले व्यायाम गरे लगत्तै चिसो पानी कहिल्यै नपिउनुहोस् ।

– इलेक्ट्रोलाइट असन्तुलन

व्यायाम गरे लगत्तै साधारण पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइटको असन्तुलन हुन सक्छ, जसले वाकवाकी, रिँगटा लाग्ने र थकान महसुस हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?