मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुर्सीमा होइन भुईँमा बसेर खानुस्, हुन्छन् यस्ता फाइदा

नेपालमा अधिकांश गाउँमा खाना खाँदा भुईँमा नै बसेर खाने चलन छ । तर सहरीकरण बढ्दै जाँदा भुईँमा बसेर खाने चलन विस्तार हट्दै छ भने डाइनिङ टेबलको चलन बढ्दै गएको छ ।

सहरमा बस्ने अधिकांश मानिस कुर्सीमा बसेर खाना खान्छन् । कुर्सीमा बसेर खाना खानु आनन्ददायी त हुन्छ तर स्वास्थ्यका लागि यो हानिकारक छ । भुईँमा बसेर सुखासनमा भोजन गर्दा शरीरमा धेरै फाइदा पुग्ने आयुर्वेदमा उल्लेख छ ।

भुईंमा बस्दा हामी जसरी दुई खुट्टा पलेटी मारेर बस्छौँ, त्यसले हाम्रो शरीरमा सकारात्मक प्रभाव पार्छ । वास्तवमा त्यसरी बस्नु नै एक योग आसनको मुद्रा हो । जसले हाम्रो पाचन क्रियालाईसमेत स्वस्थ राख्छ ।

यसरी खानुका फाइदा के के छन् त ?

–  भुईँमा बसेर खाना खाने गर्नाले पाचन शक्ति बढ्न मद्दत मिल्छ । भुईँमा बसेर खाँदा शरीर पटक पटक झुक्ने र उठ्ने हुन्छ जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन मद्दत मिल्छ ।

– शरीरको तौल नियन्त्रण हुनुका साथै शारीरिक कसरत हुन्छ यसले रक्त सञ्चार प्रक्रियालाई मजबुत बनाउँछ ।

– जब तपाईँ जमिनमा चक्कल मारेर बस्नुहुन्छ त्यस अवस्थामा सुखासन हुन्छ र मनमा एकाग्रता पैदा हुन्छ। यसरी बसेर खाँदा मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ ।

– भुईँमा बसेर खाने गर्नाले पेट तथा पिठ्युँको भाग तन्किन्छ र शारीरिक दुखाइ कम गर्न मद्दत मिल्छ ।

– भुईँमा बसेर सबै परिवारसँग सँगै खानाले परिवारमा माया ममता समेत बढ्दै जान्छ र घरमा खुसीयाली छाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?