मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षामा कपालको स्याहार

वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ ।  हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट कपालको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।

यो मौसममा प्रदूषणका कारण कपालमा मिनरल्स जम्मा हुन्छ र कपाल कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले कपाल धुनुपर्छ ।

तातो तेलले हप्तामा दुई पटक मसाज गर्नुहोस् । यसबाट कपाललाई पोषण प्राप्त हुनेछ भने टाउकाको रक्त सञ्चालन पनि सही रहनेछ ।त्यस्तै  भिजेको कपाललाई चिसै नछोड्नुहोस् । यसलाई राम्रो सँग सुकाउनुहोस् । वर्षाको पानी लामो समयसम्म कपालमा रहँदा कपाल कमजोर हुन्छ ।

कपाल सुकाउन हेयर ड्रायरको प्रयोग कहिल्यै नगर्नुहोस् । यसलाई प्राकृतिक रूपमा सुकाउनुहोस्। भिजेको कपाल सुकाउन बल प्रयोग नगर्नुहोस् वा नरगड्नुहोस् । यसले केशको जरा कमजोर बनाउँछ ।

मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई कपालमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ ।

कपाल धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घण्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ । कपाललाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?