गर्भवती हुनु विशेष अवस्था र संवेदनशील अवस्था हो । यहिकारण गर्भवती हुन शारीरिक र मानसिक रूपमा तयार हुनुपर्छ । यदि तपाईँ गर्भवती हुने तयारीमा हुनुहुन्छ भने केही कुरा थाहा पाइराख्दा उपयोगी हुन्छ ।
गर्भवती हुनु पूर्व आवश्यक तयारी पूरा गरेमा तपाईँको स्वास्थ्यमा त सकारात्मक प्रभाव पार्छ नै, जन्मिने शिशु पनि स्वस्थ हुन्छ ।
त्यसका लागि निम्न कुरामा ध्यान दिन जरुरी छ
– सन्तानको योजना बनाउनुअघि दम्पतीहरूले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ। यसबाट आमाबुवामा कुनै रोग भए(नभएको बारे अगाडि नै थाहा पाउन सकिन्छ।
– गर्भवती हुनुअघि महिलाले रक्तचाप, मिर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ।
– मोटोपन भएका महिलाले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ ।
– थाइराइड, डाइबिटिज भएका महिलाले पनि बच्चा जन्माउन सक्छन् । तर पहिले यसको उपचार गर्न आवश्यक हुन्छ।
– परिवारमा वंशाणुगत कारणले शारीरिक अपाङ्गता वा विकलाङ्गता भएका कोही व्यक्ति छन् चिकित्सकको सल्लाह लिएर मात्र सन्तानको योजना बनाउनु पर्छ।
– गर्भवती हुन चाहने महिलाले अनिवार्य रगतमा हेमोग्लोविनको परीक्षण गर्नपर्छ।
– गर्भवती हुने महिलाले मदिरा पिउने, धूम्रपान गर्ने बानिलाई त्याग्नुपर्छ । यस्ता कुलत त्यागेर मात्र ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ।
– गर्भावस्थामा महिलाले खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्नु हुँदैन । कामकाजी महिलाले चार पाङग्रे सवारी साधनमा यात्रा गर्नुपर्छ । तर, लामो दूरी यात्रा गर्नुहुँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया