काठमाडौँ– मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ । आगामी साता हुने मिस युनिभर्स नेपालको “स्टार अफ द युनिभर्स” नाम रहेको ताज सार्वजनिक गरेको हो ।
क्राउन २४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको आयोजकले बताएको छ ।
शनिबार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।
भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जनाएको छ ।
मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना ग्लोबल ग्ल्यामरले गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया