काठमाडौँ – अमेरिकी टेक जायन्ट एप्पल र चिप निर्माता एनभिडिया अहिले एआई कम्पनी ओपन एआईमा लगानी गर्ने तयारीमा छन् ।
यो नयाँ लगानीको चरणले च्याटजीपीटी निर्माता कम्पनीको मूल्य १० खर्ब डलरभन्दा माथि पुर्याउन सक्ने बताइएको छ । वाल स्ट्रीट जर्नलले एप्पलको चासोको बारेमा पहिलो पटक रिपोर्ट गरेको थियो।
यसैगरी ब्लूमबर्ग न्युजले एनभिडियाको सम्भावित सहभागिताको बारेमा रिपोर्ट गरेको थियो। यो समाचार आएको एक दिनपछि प्रकाशन भएको जर्नलले भेन्चर क्यापिटल फर्म थ्राइभ क्यापिटलले ओपनएआईमा लगभग १ अर्ब डलर लगानी गर्नेछ।
यसका लागि वार्ता भईरहेको छ । अबको फण्डिङ राउण्ड थ्राइभ क्यापिटलकै नेतृत्वमा अघि बढ्ने रोयटर्सले उल्लेख गरेको छ।
यद्यपि यसबारेमा एप्पल र ओपनएआईले तुरुन्तै कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यस्तै थ्राइभ क्यापिटल, एनभिडिया र माइक्रोसफ्टले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया