मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइल कसरी सफा राख्ने ?

स्मार्टफोन किनेर त्यसको प्रयोग गर्ने मात्र होइन की त्यसको सुरक्षा र सरसफाइ पनि निकै महत्त्वपूर्ण हुने गर्दछ । यसको सुरक्षा र सरसफाइ सही तरिकाले गर्नुभएन भने यो छिटै बिग्रन सक्ने हुन्छ ।

वैज्ञानिकहरूले पनि स्मार्टफोनको सरसफाइमा ध्यान नदिँदा लाखौँ करोडौँ जीवाणुहरू फोनमा हुने गरेको पाइएको पुष्टि गरिसकेका छन् । जसले प्रयोगकर्ताको स्वास्थ्यमा समेत खराबी ल्याउन सक्दछ ।

स्मार्टफोनको सरसफाइ र सुरक्षा गर्दा ठिक किसिमले भएन भने पनि अर्को समस्या निम्तिन्छ र फोन बिग्रन सक्दछ । त्यसैले तपाईँले आफ्नो फोनलाई कसरी सफा र सुरक्षित बनाउन सक्नुहुन्छ भन्ने विषयमा जानकारीका दिने प्रयास गरेका छौँ ।

कसरी सफा गर्ने मोबाइल ?

याद राख्नुहोस् – फोन सफा गर्नु अघि तपाइको आफ्नो हात सफा हुनुपर्छ । 

-जतिबेला आफ्नो फोन सफा गर्नुहुन्छ, त्यसबेला सबैभन्दा पहिले तपाईँ फोनको बाहिरी कभर समेत झिक्नुहोस् ।

-तपाईँ फोनलाई चार्जमा राखिरहनुभएको छ भने चार्जबाट झिक्नुहोस् । नत्र करेन्ट लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

-हरेक पटक तपाईँ आफ्नो स्मार्टफोन सफा गर्दै हुनुहुन्छ भने तपाईँले त्यो स्मार्टफोनको स्वीच अफ गर्नुहोस् र त्यसको ब्याट्री निकाल्नुहोस् । यदि ब्याट्री इनबिल्ट छ, अर्थात् झिक्न नमिल्ने छ भने स्वीच अफ मात्र गरे पुग्दछ ।

-अधिकांश मानिसहरू जस्तो पायो त्यस्तै वा जुन कपडा नजिकै छ त्यसैले फोन सफा गर्ने गर्दछन् । जसले गर्दा फोनमा विभिन्न समस्या आउँछ, त्यसैले हरेक पटक फोन सफा गर्दा सूती कपडा/कटन कपडाले मात्र सफा गर्ने गर्नुहोस् ।

-फोनलाई कुनै लिक्विडद्वारा सफा गर्नुभन्दा पहिले सुख्खा सूती कपडाले राम्रोसँग सफा गर्नुहोस् ।

-यदि तपाईँ लिक्विडद्वारा फोन सफा गर्दै हुनुहुन्छ भने लिक्विड हाल्दा स्क्रीनको बीचमा मात्र पर्ने गरी हाल्नुहोस् । लिक्विड फोनको छेउ भागमा गएर भित्र पस्यो भने फोन खराब हुन सक्दछ ।

-कहिले पनि हेडफोन पोर्ट वा चार्जिंङ पोर्टलाई  भिजेको कपडाले सफा नगर्नुहोस् । यसले फोनमा समस्या आउन सक्दछ ।

-फोनलाई सफा गर्नको लागि बजारमा उपलब्ध हुने उपयुक्त लिक्विडको मात्र प्रयोग गर्नुहोस् ।

-स्मार्टफोनको स्क्रीन सफा गर्दा अधिक थिचिने हुन सक्दछ त्यसमा ध्यान दिनुहोस् ।

-फोन सफा गर्दा कहिल्यै पानीको प्रयोग नगर्नुहोस् । पानीले फोनमा खिया लाग्ने र त्यसका पार्टहरू बिग्रने हुन्छ ।

यी केही उपायहरू अपनाउनुभयो भने तपाईँको फोन हर समय नयाँ जस्तै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?