साधरणतया मानिस आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् । हाम्रो स्वास्थ्यमा कसरी सुत्ने भन्ने कुराले पनि निकै भूमिका खेल्ने भए पनि कसरी सुत्नाले शरीरलाई फाइदा हुन्छ धेरैले ख्याल राख्दैनन् ।
त्यसैले जानी राखौँ बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा बारे
– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।
– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।
– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।
– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया