मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालो चनाका फाइदै फाइदा 

कालो चना खानाले क्लोरोफिल, भिटामिन बी, भिटामिन सी, भिटामिन डी तथा भिटामिने केका साथै फोस्फोरस, पोटासियम, ग्याग्निसियमको आवश्यकता पनि पूरा हुन्छ ।

यसबाहेक, यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । कालो चनाले तपाईंले परफेक्ट बडी शेप पाउन सक्नुहुनेछ । कालो चनाको नियमित सेवनले मधुमेहमा नियन्त्रण आउनुका साथै शरीर समेत मजबुत हुनेछ ।

चनामा कार्बाेहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसबाहेक यसमा प्रशस्त मात्रामा फाइबर पनि हुन्छ । त्यसैले यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न दिँदैन ।

अन्य कुनै चिजबाट शरीरमा चिनी प्रवेश गरिहाल्यो भने पनि तुरुन्तै पचाउनबाट रोक्छ र शरीरमा चिनीको मात्रा एकाएक बढ्दैन । त्यसैले  कालो चना रामवाण नै हो 

त्यस्तै चनाले कोलेस्ट्रोल पनि कम गर्न सक्छ । यसमा उच्च मात्रामा घुलनशील फाइबर हुन्छ जसले बाइल एसिडलाई बाँध्छ । हाम्रो शरीरमा बोसो जमाउन यही बाइल एसिडले मद्दत गर्छ । तर चनाको सेवनले शरीरमा बोसो जम्न पाउँदैन । 

चनामा अधिकतम फाइबर पाइने भएकाले यसले पाचन शक्तिलाई निकै बलियो बनाउँछ । तपाई नियमित रूपमा चनाको सेवन गर्नु हुन्छ भने कब्जियतको समस्या पनि हट्छ । यसो आन्द्रालाई सफा राख्न मद्दत गर्छ ।

उच्च प्रोटिन र फाइबर भएको कुनै पनि चिज बिहान खाइयो भने दिनभर भोक कम लाग्छ । चना यस्तै एक चीज हो । यो खाएपछि भोक पनि कम लाग्छ । भोक नियन्त्रण गर्नु भनेको तौलमा नियन्त्रण वा कमी हो ।

कालो चना प्रोटिनको साथसाथै फलाम राम्रो स्रोत हो । गर्भवती महिलालाई सबैभन्दा धेरै आइरन चाहिन्छ । यिनीहरूका लागि कालो चना राम्रो आहार हो । यसले एनिमिया हुन दिँदैन ।

कालो चनाले शरीरमा ऊर्जा स्तर पनि बढाउन मद्दत गर्न सक्छ । सुत्केरी आमाका लागि पनि कालो चना निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?