मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलिग्रामका सीईओको गिरफ्तारी रहस्यमय, हनी ट्र्यापमा परेको आशंका

काठमाडौँ – मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुँदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीय प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् । 

अहिले डुरोभ युलियाको कारण पक्राउ परेको बताइएको छ । उनी डुरोभसँग निजी जेटमा अजरबैजानबाट पेरिस पुगेकी थिइन् । अचम्मको कुरा, फ्रान्समा डुरोभविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए । 

युलिया, डुरोभ जस्तै, रूसी मूलकी हुन् । आफूलाई क्रिप्टो ट्रेनर भन्ने युलिया दुई वर्षदेखि दुबईमा बस्दै आएकी थिइन् । चार महिनाअघि डुरोभको सम्पर्कमा आएकी युलिया रुसी, अङ्ग्रेजी, अरबी र स्पेनिस लगायतका भाषा जान्ने दाबी गरिएको छ ।

दुवै कजाकिस्तान, किर्गिस्तान र अजरबैजान लगायत धेरै ठाउँमा सँगै देखिएका थिए । उनका केही तस्वीरहरु सामाजिक सञ्जालमा पनि आएका छन् । डुरोभको गिरफ्तारी पछि युलियाको कुनै पत्ता लागेको छैन । 

जसका कारण डुरोभ हनिट्र्यापको सिकार भएको सामाजिक सञ्जालमा दाबी भइरहेको छ । उनलाई गिरफ्तार गर्नका लागि मात्र युलिया उनीसँग नजिक भइन् र उनलाई पेरिस लगिन् । यदि डुरोभ दोषी ठहरिएमा उनले २० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।

डुरोभलाई शनिबार (२४ अगस्ट) बाल यौन दुर्व्यवहार सामग्री आदानप्रदान गर्ने माध्यमको रूपमा टेलिग्राम प्रयोग गरेको, लागुऔषध ओसारपसार र सङ्गठित अपराध प्रवर्द्धन गर्ने र सूचना साझा गर्न असफल भएको आरोपमा पक्राउ गरिएको थियो । 

रुसी मूलका डुरोभले २०१३ मा आफ्नो भाइसँग टेलिग्राम स्थापना गरेका थिए । उनलाई रुसका जुकरबर्ग पनि भनिन्छ ।

रुसी सरकारले उनीसँग रुसी जनतासँग सम्बन्धित डाटा मागेको थियो जसका कारण उनले सन् २०१४ मा देश छोडेर सेन्ट किट्स एन्ड नेभिसको नागरिकता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?