मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ह्वाट्सएपमा डिलिट भएको म्यासेज कसरी रिकभर गर्ने ?

कहिले काहिँ महत्वपूर्ण म्यासेजहरु डिलिट भइरहेका हुन्छन् । आईफोन प्रयोगकर्तालाई ह्वाट्सएपमा डिलिट भएको म्यासेज रिकभर गर्न मुस्किलको काम भए पनि एन्ड्रोइड प्रयोगकर्ताले भने भर्खरै डिलिट भएको म्यासेज फिर्ता ल्याउन सक्छन् । 

आज हामी तपाईंलाई त्यसका लागि केही यस्ता टिप्स बताउँदै छौं, जसले ह्वाट्सएपमा डिलिट भएको म्यासेज फिर्ता ल्याउन सघाउनेछ । तर शतप्रतिशत रुपमा नतिजा दिन भने यो असफल छ । 

विण्डोज  तथा म्याकमा आधारित कम्प्युटरको सहयोगमा प्रयोगकर्ताले त्यस किसिमको आफ्नो आवश्यकताको नजिक पुग्न सक्छन् ।

यस्तो छ ह्वाट्सएपमा डिलिट भएका म्यासेज रिकभर गर्ने तरिका

–  आफ्नो विण्डोज तथा म्याक कम्प्युटरमा डीआर डट फोन (dr.fone) रिकभरी टूल डाउनलोड गरी इन्स्टल गर्नुहोस् । 

– आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई यूएसबी केबलमार्फत आफ्नो कम्पयुटरसँग जोड्नुहोस् ।

– अब आफ्नो कम्प्युटरमा डीआर डट फोन एप खोल्नुहोस् ।

– त्यसमा रहेको मेन मेनुमा जानुहोस् र रिकभर अप्सनमा क्लिक गर्नुहोस् ।

– अब बायाँतर्फ तपाईंले फोल्डरहरुको लिस्ट फेला पार्नुहुनेछ – यसमा ह्वाट्सएप म्यासेज तथा अट्याचमेन्ट फोल्डलरलाई लोकेट गर्नुहोस् ।

– फोल्डरलाई छनौट गरी अगाडि बढ्न कन्फर्ममा क्लिक गर्नुहोस् ।

– यस किसिमको प्रक्रियाबाट तपाईं सजिलै डिलिट भएका महत्वपूर्ण तस्वीर, डकुमेन्ट र म्यासेज रिकभर गर्न सक्नुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?