मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैले आ–आफ्नो ठाउँबाट यो पालिको दशैं दुर्घटनारहित बनाऔं : गृहमन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो ? दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४० जना घाइते हुनु भएको छ । यसका पछाडि कही न कही कमजोरी भएको छ ।’

यातायात व्यवसारीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्कक काम गर्ने निर्देशन दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ ।,’ उनले भने ।

छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिना पहिला चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने ।

सरकार र निजी क्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिनपछि चाड पर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस् ।

एक दिनमा कति बस काठमाडौं बाहिर पठाउन सकिन्छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ? चाड पर्व भरी यो कुरा गर्न जरुरी छ ,’ उनले भने । गृहमन्त्री लेखकले यस पालिको दशैंलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस् । यो पालिको दशैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने ।

छलफलमा सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषदका अध्यक्ष, राष्ट्रिय यातायाता व्यवसायी महासंघ लगायतका प्रतिनिधिहरुले सडक दुर्घटना न्यनीकरण र चाड पर्व लक्षित सेवा प्रवाहबारे राय(सुझाव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?