मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफूले प्रयोग गर्ने सीम कसको नाममा छ ? कसरी थाहा पाउने ?

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता गरेको सिमकार्ड प्रयोग गरी डिजिटल रूपले सुरक्षित रहन आग्रह गर्दै आएको छ ।

हुन पनि मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पुर्‍याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ ।

त्यसैले यहाँ हामी तपाईँलाई नेपाल टेलिकम तथा एनसेलको तपाईँले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउने तरिका बारे जानकारी दिँदै छौँ ।

नेपाल टेलिकमको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस् । यसबाट आफूले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

त्यस्तै तपाईँले प्रयोग गर्ने एनसेलको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस् । त्यसपछि आफूले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यदि आफूले प्रयोग गरिरहेको सीम अरुको नाममा दर्ता छ भने उक्त सीम आफ्नो नाममा ल्याउन पनि सकिन्छ । जसको लागि सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?