फेसबुकको कमेन्ट विभिन्न तरिकाले नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा तपाईंको पोस्ट देख्ने, तर कमेन्ट गर्न नपाउने पनि हुन्छ भने केही अवस्थामा पोस्ट नै नदेख्ने बनाउन पनि सकिन्छ ।
जब तपाईं आफ्नो कुनै पोस्टमा साथी तथा आफन्तले मात्रै कमेन्ट गर्न सकून् भन्ने चाहनुहुन्छ अथवा कुनै पोस्टमा कसैले पनि कमेन्ट गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने त्यस्तो बेलामा यो फिचर निकै उपयोगी हुनेछ ।
आज हामी त्यही कारणले फेसबुक पोस्टमा नचाहिँदो कमेन्ट गर्न बाट कसरी रोक्ने भन्ने बारे जानकारी दिँदै छौँ
सर्वप्रथम फेसबुक एप वा वेबसाइट खोल्नुपर्छ र प्रोफाइल पेजमा जानुपर्छ । त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जाने र माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ ।
यस पश्चात् तपाईँको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्नुपर्ने हुन्छ । त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्नुपर्छ ।
सबैले गर्न मिल्ने राख्ने भए पब्लिक क्लिक गर्नुपर्छ र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन पिपल एण्ड पेजेज भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया