मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्यको लागी अमृत समान लौकाको जुस

लौका हाम्रो भान्सामा पाकिरहने तरकारी हो । विश्वका प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका हाम्रो स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ ।

यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धी सबै रोगको लागि लाभदायक हुने गरेको छ ।

लौका तरकारीका लागि मात्र नभएर लौका जुसका लागि पनि त्यतिकै लाभदायक मानिन्छ ।  तपाईँलाई लौकाको फिक्का स्वाद शुरूमा नराम्रो लाग्न सक्छ तर, फाइदा थाहा पाएपछि लौकाको जुस पिउँदिन भन्न सक्नु हुनेछैन । बिहानै उठेर चिया वा कफीको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । 

यस्ता छन् लौकाको जुस पिउनुका फाइदाहरू

कब्जियतको बिरामीको लागि फाइदाजनक

यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउँछ भने लौकाको रसमा पाइने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।

युरिन इन्फेक्सनमा राहत 

यदि तपाईँलाई पिसाब गर्ने बेला जलन वा दुख्ने हुन्छ समस्या छ भने लौकाको रस पिउनुहोस् यो फाइदाजनक छ । युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लीयतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ ।

शरीरभित्रको फोहोरलाई सफा गर्ने

खाली पेटमा लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरीरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरीरको फोहोर सफा हुन्छ ।

शारीरिक शक्तिको लागि

यदि तपाई बिहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ । यसमा कार्बोहाइड्रेट पाइन्छ जसले मांसपेशीहरूको काम गर्ने क्षमता बढाउँछ ।

तौल घटाउँछ 

लौकाको रसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?