काठमाडौँ– असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पछाडि धकेलिएको छ ।
निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन र प्राविधिक काम अझै बाँकी रहेकाले फिल्म सार्नुपरेको बताएको छ । राम्रो फिल्म दिनका लागि थप समय लाग्ने भएको निर्माण टिमको दाबी छ ।
फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माण पक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
‘हामी हाम्रो चलचित्रलाई तोकिएको निर्धारित मितिमै रिलिज गर्न लागिपरेका थियौँ, तर फिल्मको बाँकी छायाङ्कन र पोस्ट प्रोडक्सनको कामलाई हामीले अपेक्षा गरेको भन्दा बढी समय लाग्ने देखियो,’ विज्ञप्तिमा भनिएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया