काठमाडौँ – हरेक रात सुत्नु अघि अनुहारमा एलोवेरा जेल प्रयोग गर्नु उचित छ कि छैन ? यदि तपाई पनि यस विषयमा अन्योलमा हुनुहुन्छ भने जान्नुहोस् यसको प्रभावहरू।
यदि तपाई पनि आफ्नो अनुहार सुन्दर बनाउने चिन्तामा हुनुहुन्छ भने च्याउको प्रयोग गर्न सक्नुहुन्छ । स्वादिलो हुनुका साथै छालाका लागि पनि फाइदाजनक मानिन्छ ।
च्याउमा पाइने एन्टिअक्सिडेन्ट, मिनरल्स र भिटामिनले छालालाई डिटोक्सिफाई गरी मृत छाला हटाउन मद्दत गर्छ।
तपाईं घरमै च्याउ फेस मास्क बनाउन सक्नुहुन्छ। यसका लागि सबैभन्दा पहिले च्याउलाई राम्ररी धुनुहोस् र पीस्नुहोस्। अब यसमा मह र दही मिसाएर पेस्ट बनाउनुहोस्।
यो पेस्टलाई १५ देखि २० मिनेटसम्म अनुहारमा लगाउने, त्यसपछि चिसो पानीले अनुहार धुनुहोस्। अनुहार धोएपछि मोइस्चराइजर प्रयोग गर्नुहोस्।
च्याउमा पाइने पौष्टिक तत्वले छालालाई कडा बनाउँछ र चाउरीपना कम गर्न मद्दत गर्छ। तपाईं च्याउबाट बनेको फेस मास्क हप्तामा २ देखि ३ पटक प्रयोग गर्न सक्नुहुन्छ।
च्याउ फेस मास्क प्रयोग गर्नु अघि, प्याच टेस्ट गर्नुहोस्, किनकि केहि मानिसहरूलाई यसको एलर्जी हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया