गहतको दाल अन्य दालहरू भन्दा अलि भिन्न छ । यसको दालले जाडो हटाउन सहयोग गर्छ । यसको दाल, उसिनेर खाजा पिसेर बारा बनाएर पनि खाने गरिन्छ ।
विभिन्न औषधीय गुणहरूले भरिपूर्ण छ गहतको दाल । गहत क्याल्सियम र फस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ । यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ ।
यसमा युरिएजसमेत पाइन्छ । जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आम मान्यता छ । धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ ।
आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ । गहतको दाल खाँदाले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । यसकारण आज हामी गहतको दाल सेवन गर्नुका स्वास्थ्य लाभहरूको विषयमा जानकारी गराउँछौ ।
यसले शरीरमा क्याल्सियम र पोटासियमको स्तर बढाउँछ । यसबाहेक शरीरबाट विषाक्त पदार्थहरू निकाल्न सहयोग गर्छ । गहतको दालले कोषहरूमा जम्मा भएको बोसो पगाल्न पनि मद्दत गर्छ ।
जसले प्रोटिनको सही मात्रा पाउँदैनन्, उनीहरूले गहतको दाल खान सक्छन् । गहतको दालमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । डाक्टरहरूले गर्भवती महिलाहरूलाई यो दाल खान सल्लाह दिन्छन् ।
सबैभन्दा राम्रो कुरा यो हो कि यसलाई बच्चा, युवा वा कुनै पनि उमेरका मानिसले खान सक्छन् र यो सबैका लागि फाइदाजनक छ । गहतको दाल मोटोपन कम गर्नमा पनि धेरै सहयोगी हुन सक्छ ।
यस दालमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । यसबाहेक यसले शरीरमा हुने चिनीको स्तरलाई पनि कम गर्न मद्दत गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया