काठमाडौँ – अब अर्जुन कुमारको फिल्म ‘सानो संसार’ अब असोज ११ गते प्रदर्शनमा आउने भएको छ । निर्माताले पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै नयाँ रिलिज मिति घोषणा गरेका हुन् ।
यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दै छिन् । फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् ।
सिद्धार्थ पुडासैनी निर्देशक रहेको यो फिल्म यसअघि असोज १७ गते घटस्थापनामा ल्याउने तयारी थियो । यो फिल्मको निर्माता र ब्यानरमा अब चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।
अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले अब यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया