काठमाडाैँ- नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भक्सले शेफ नेपालको टिम र विजेताहरूलाई
भेटेर बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
कान्तिपुर टिभीबाट प्रसारण भएको नेपालको पहिलो फुड रियालिटी ‘शो शेफ नेपालको सिजन एक’ केही समय अघि मात्र समाप्त भएको थियो । रियलिटी शोको पहिलो बिजेता बनेका उदयपुरका आजुइहङ राई राजदूतसँगको भेटमा उपस्थित नभएपनि शो का पहिलो रनरअप विकेश मानन्धर र दोस्रो रनर-अप इङ्वा सुब्बा सहित शेफ नेपालका निर्माता धर्मराज पाण्डेलाई भेटेर शुभ-कामना दिएकी थिइन् ।
राजदूत भक्सले सेफ नेपालको रियालिटी शोमा विजेता तथा उपविजेता बन्नु निकै राम्रो कुरा भएको बताउँदै उनले उपविजेताहरुको उज्ज्वल भविष्यको समेत कामना गरिन् । शोको १४ औं भागमा आफू गेष्टको रुपमा आउँदा खुशी लागेको र त्यो अनुभव अत्यन्तै रोमान्चक रहेको उनले सुनाइन् ।
भेटमा शेफ नेपालको विजेता तथा उपविजेताहरूलाई समेटेर कुकिङ शोको तयारी गरिरहेको राजदूत भक्सलाई निर्माता पाण्डेले जानकारी गराए ।
राजदूत भक्स आफ्नो कार्यकाल सकेर आगामी सोमबार अष्ट्रेलिया फर्कँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया