काठमाडौँ – गायिका विष्णु माझीको ‘आइनँ आमा’ बोलको तीज गीत सार्वजनिक भएको छ।
माझीको एक स्वर रहेको यो गीत शनिबार बिहान सपना म्युजिक ईन्डष्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘पुतलीको भट्टी–भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा सङ्गीत छ।
गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया