मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियमित यौनसम्पर्कका फाइदाहरू

मानिसहरू यौन सम्पर्क केवल आनन्द तथा सन्तान उत्पादनका लागि हो भन्ने सोच्छन् ।  हाम्रो समाजमा यसका विषयमा खुलेर कुरा गर्न वर्जित छ भने परम्परागत जे धारणा छ त्यो भन्दामाथि सोचाई जान पनि सकेको छैन ।

तर मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ ।

अर्थात यौन सम्पर्कलाई इन्कार गर्नु भनेको आफ्नै स्वास्थ्यसँग खेलबाड गर्नु भएको चिकित्सकहरू बताउँछन् । त्यसो भए नियमित यौन सम्पर्कका फाइदाहरू के के छन् त ?

– नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका बिरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरूलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

– व्यस्तताका कारण यदि कुनै जोडिले यौन सम्पर्कका लागि समय निकाल्न पाएनन् भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ र यसले दुईबीच दरार पैदा हुनसक्छ । यसकारण प्रेमिल दाम्पत्य जीवनसँग यो जोडिएको छ । 

– नियमित सेक्स गर्दा हृदयाघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका सन्तुलन बनी राख्ने हुँदा हृदयाघातको कम हुने चिकित्सकहरू बताउँछन् ।

– उच्च रक्तचापका बिरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दाबी छ ।

– नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दाबी शोधकर्ताहरूले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरूको भनाइ छ ।

– मोटोपनबाट समस्यामा परेकाहरूलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहज सिद्ध हुने शोधकर्ताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?