मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सीके राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

काठमाडौँ – डा.सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।

आत्मकथाले डा. राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईले बताए। उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।’

साथै डा. भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेष गरी युवापुस्ताले पढ्नुपर्ने बताए।

आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्बिर भएको डा. राउतले बताए। पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्य विप्लवको अभियोगमा जेल गएको संस्मरण उनले सुनाए।

उनले भने, ‘पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरा सुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ। वीर गोर्खाली भनेर अनेकन् कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगेँ भन्ने रुचीकर कथा यस पुस्तकमा छन्।’

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा. राउतले बताए। समाज उन्नतिको लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए।

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका  डा. राउतका भोगाइ समेटिएको पुस्तक बुक हिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?