काठमाडौँ – महिनावारीका समयमा महिलाले स्यानेटरी प्याडबारे धेरैथोरै सबैलाई जानकारी नै छ ।
केही वर्ष पहिलेसम्म मानिसले नाम लिन पनि लाज महसुस गरिने प्याडबारे आजसम्म पनि मानिसहरू उति सारो खुल्दैनन् ।
तपाईँ यो कुरा थाहा पाउँदा अचम्म पर्नुहोला अहिले महिलाले प्रयोग गर्ने प्याड खासमा पुरुषका लागि बनाइएको थियो । डिस्पोजेबल प्याड प्रथम विश्वयुद्धमा घाइते सैनिकको रगत रोक्नका लागि फ्रान्समा कार्यरत नर्सहरूले बनाएका थिए ।
फ्रान्समा जब सैनिकका लागि प्याड बनाइएको थियो, त्यति बेलै त्यहाँ कार्यरत नर्सहरूले आफूहरूले पनि महिनावारीका बेला उक्त प्याड प्रयोग गर्न थाले ।
जोनसन एन्ड जोनसनले पहिलो पटक सन् १८९६ मा ‘लिस्टर्स टवेल्स’ का नामले डिस्पोजेबल न्याप्किनको सुरुआत गरेको थियो ।
तर सुरुवाती उक्त कटेक्स प्याड निकै महंगो थियो र आम महिलाहरूले त्यो किन्ने हैसियत राख्दैनथे । बिस्तारै त्यसको मूल्य घटाइयो र विभिन्न कम्पनीहरूले प्याडको उत्पादन गर्न सुरु गरे ।
समयसँगै स्यानेटरी प्याडमा पनि कैयौँ परिवर्तन भए र भइरहेका छन् । अहिले बजारमा धेरै प्रकारका धेरै कम्पनीका प्याड उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया