प्राय नेपालीहरूको भान्सामा सजिलै पाइने मसला हो लसुन । लसुनमा भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व हुन्छ । त्यसैले लसुनलाई पावर हाउस भनिन्छ।
लसुनको प्रयोगबाट तौल कम गर्न मद्दत पुग्ने एक अध्ययनले देखाएको छ। लसुनमा पाइने केही तत्त्वहरूले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्दछ। लसुनमा एक एलियम नामक मुख्य तत्व हुन्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ। यो लसुन सेवन गरेको करिब १० मिनेटपछि सक्रिय हुन्छ।
लसुनलाई विभिन्न उपायबाट तौल कम गर्ने उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। आउनुहोस् यसबारे जानौँ
– थोरै तातो पनि लिनुहोस्। त्यसमा एक चम्चा कागतीको रस र १–२ पोटी लसुन थिचेर राख्ने र यसलाई मिसाएर पिउने। यो ड्रिंकले तौल कम मात्र नभई फ्री रेडिकल्सले हुने विभिन्न ड्यामेजबाट पनि बचाउँछ।
– शरीरको डिक्टसीफाईका लागि लसुन र मह निकै राम्रो मानिन्छ। किनभने लसुन र महले शरीरमा रहेको फोहोरलाई सफाई गर्न मद्दत गर्दछ। यसको सेवनले पेट लामोसम्म भरिएको पनि महसुस हुन्छ। यी दुईको मिश्रणले भोक कम लाग्नुका साथै पाचन प्रणाली पनि राम्रो हुन्छ। तौल कम गर्न पनि पाचन प्रणाली स्वस्थ हुन निकै आवश्यक छ।
– बिहान खाली पेट लसुन या लसुन पानी खायौँ भने यसको अधिक लाभ मिल्छ। किनभने पकाएको भन्दा काँचो लसुन बढी फाइदाजनक मानिन्छ। बिहान २–३ पोटी लसुन पानीसँग खान सकिन्छ।
घरेलु उपायबाट शरीरको तौल कम गर्न चाहनेका लागि लसुनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ। तर यो मात्र भनेर हुँदैन। यो सँगै स्वस्थ खानेकुरा र नियमित कसरतको पनि निकै जरुरी हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया