मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्नुहोस् लिपस्टिकको सही छनोट

लिपस्टिकले रङ्ग मात्रै परिवर्तन गर्दैन, महिलाको मुस्कानमा पनि चमक ल्याउँछ । यो सुन्दरताको एक सामाग्री हो, जुन हरेक महिलाको मेकअप किटमा पाउन सकिन्छ।

तर कहिलेकाहीँ सही छनोट गर्न नजान्दा झन् हामीलाई नराम्रो देखिने हुन्छ । त्यस्तै हामीले लिपस्टिक लगाउँदा छालाको रङअनुसारको सही रङको लिपस्टिक छनोट गरेमा आकर्षक लुक्स दिन सहयोग पुग्छ । 

तर, गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा भने भएको सौन्दर्यलाई समेत खुलाउँदैन । हाम्रो ओठको छाला एकदम नाजुक भएको हुनाले हामीले लिपस्टिक छनोट गर्दा त्यसको कलरलाई मात्र होइन गुणस्तरलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । 

यसरी छान्नुहोस् लिपस्टिक

– लिपस्टिक लगाउँदा आफ्नो छालाको रगत र रङलाई परीक्षण गरी त्यहीअनुसारको लिपस्टिक छनोट गर्न आवश्यक हुन्छ । 

– आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सक्नुहुन्छ । 

– यदि तपाईँको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ । यसमा रातो, रानी रङको लिपस्टिकको पनि प्रयोग गर्न सकिन्छ । लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

– यदि तपाईँ गोरो हुनुहुन्छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्दा तपाईँलाई सुहाउँछ । तपाईँ म्याट लिपस्टिक पनि लगाउन सक्नुहुन्छ । 

– छालाको रङ न्युट्रल भएको अवस्थामा गहिरो गुलाबी या बैजनी रङको लिपस्टिक प्रयोग गर्दा निकै सुन्दर देखिन्छ । यस्तो छालामा सधैँ म्याट लिपस्टिक लगाउने प्रयास गर्नुस्, जसले सधैँ राम्रो लुक् दिन भूमिका खेल्छ । 

– यदि गहुँगोरो रङको छाला छ भने सेयर ग्लास या मरुन रङको लिपस्टिक लगाउन सक्नुहन्छ । यस्तो लिपस्टिकले तपाईँको अनुहारलाई खुलाउन सहयोग पुर्‍याउँछ । यस्तो अवस्थामा आँखामा स्मोकी लुक्स भएको मेकअप गर्नुपर्छ । न्युड लिप्सले पनि तपाईँको लुक् एक्स्ट्रा देखाउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?