काठमाडौँ – कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।
७२ वर्षीय उनको फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार विपिनको आज जन्म दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया