काठमाडौँ – मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ ।
बिहीबार बिहान ३ बजेतिर मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको भैँसीले गोठमा आएको बाघलाई हानेर मारेको हो।
बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ ।
पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनाको अनुगमन गरेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया