मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राममय अयोध्या,मन्दिरसँग सम्बन्धित बस्तुको बिक्री व्यापक

काठमाडौँ – अयोध्यास्थित राम मन्दिरमा  सोमबार प्राण प्रतिष्ठा हुँदै छ । यसको सबै तयारी पूरा भइसकेको छ । कार्यक्रममा सहभागी हुन भारतभरबाट व्यापारी, सेलिब्रेटीहरु समेत करिब ८ हजार जनालाई बोलाइएको छ ।

कार्यक्रममा मुकेश अम्बानी, गौतम अडानी, रतन टाटा, आनन्द महिन्द्रासम्म आउन सक्ने बताइएको छ । राम मन्दिरको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ ।

विमानस्थलमा निजी जेटको पार्किङ पूरै भरिएको छ । प्राण प्रतिष्ठाअघि मन्दिरसँग जोडिएका चिजहरूको बजारमा व्यापक बिक्री भइरहेको छ । सुनको जलप लगाइएको मूर्ति र राम मन्दिर आउट अफ स्टक भएका छन् ।

अरूलाई उपहार दिन र घरका मन्दिरमा सजाउनका लागि यस्ता मूर्तिको माग उच्च भएको व्यापारीहरूले बताइरहेका छन् ।

झन्डा, टोपी, टी–शर्ट र राम मन्दिरको आकृति छापिएको कुर्तादेखि महँगा आइटमसमेतको बिक्री भ्याई नभ्याई बनेको छ । मूल्य पनि आकासिएको छ । केही वस्तुको आउट अफ स्टक हुँदा थाइल्यान्डबाट ल्याएर बेच्न थालिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?