काठमाडौँ– नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित संघको कार्यालयमा छापा मारेको हो ।
साथै प्रहरीको टोलीले छापा मारेर कम्प्युटर र केही कागजातसमेत बरामद गरेको बताइएको छ । संघका सदस्यले नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले छापा मारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया