काठमाडौँ – फिल्म ‘लाखे आजु’ दसैँकोको पेरिफेरिमा प्रदर्शनमा आउने भएको छ । मङ्गलवार ट्रेलर सार्वजनिक भएको यो फिल्मको रिलिज मिति केही दिनमा टुङ्गो लाग्ने निर्माता गोपाल कायस्थले बताए ।
फिल्मलाई नेपाली र नेवारी भाषामा एकसाथ प्रदर्शन गरिनेछ । विदेशमा भने अङ्ग्रेजी भाषामा जानेछ । फिल्मलाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ ।
सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरमा फिल्मका विभिन्न विषय समेटिएका छन् । जसले फिल्मले भगवान् र राक्षसको लडाइँको कथा भन्ने अनुमान लगाउन सकिन्छ ।
फिल्ममा सोहित र अशिष्माका अलवा मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको पनि अभिनय छ ।
आर्यम नकर्मी निर्देशित फिल्मको निर्माण तीन वर्षदेखि भइरहेको थियो । बिके फिल्म्सले फिल्मलाई नेपाल र विदेशमा वितरण गर्नेछ ।
फिल्मका निर्मातामा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरुपमा लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया