मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

पिसाबमा रगत देखिने मुख्य कारण के हो?

पिसाबको प्रकृति र रंगले हाम्रो स्वास्थ्य अवस्थाको विषयमा संकेत गर्छ । सामान्यतया हाम्रो पिसाबको रंग सफा सेतो हुनुपर्छ । तर, कहिलेकाहीँ हाम्रो पिसाबको रंग एकदमै पहेँलो भइदिन्छ । कतिपय अवस्थामा पिसाबमा रगत समेत देखा पर्छ । यसकारण यस्ता कुराहरुमा हामीले ध्यान पु¥याउन आवश्यक छ । यी मध्ये पिसाबमा रगत देखिनु जटिल समस्या समेत हुनसक्छ । पिसाबमा रगत देखियो भने मान्छे आत्तिने गर्छन् ।

पिसाबमा रगत के कारणले देखिन्छ ? कसरी यस्तो समस्या हुनबाट बच्ने ? यो कत्तिको जटिल बन्न सक्छ लगायतका सन्दर्भमा वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट युरो सर्जन डा. रविनबहादुर बस्नेतसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

पिसाबमा रगत देखिने समस्या के हो ?

कहिलेकाहीँ पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा ‘हेमाच्युरिया’ भनिन्छ । संक्रमण, कडा व्यायाम र मृगौलाको रोगसहित अन्य धेरै कुराहरुले पिसाबमा रगत देखिन सक्छ । यस्तो समस्यालाई बेवास्ता गर्नुहुँदैन । उचित स्वास्थ्य सेवाप्रदायकहरूले यसका कारण र उत्तम उपचार पत्ता लगाउन मद्दत गर्न सक्छन् ।

यो कति प्रकारको हुन्छ ?

यो दुई प्रकारको हुन्छ । ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्था्त आँखाले नदेखिने । ग्रस हेमाच्युरियामा बिरामी आफैंले पिसाबमा रगत देख्छ । म्याइक्रोस्कोपिक हेमाच्युरियामा नाङ्गो आँखाले पिसाबमा रगत देख्न सकिँदैन, तर पिसाब जाँच गर्दा रगतको कण भेट्टिन्छ ।

के कारणले रगतमा पिसाब देखिन्छ ?

पिसाबमा विभिन्न कारणले रगत आउन सक्छ । जसमध्ये पिसाबमा संक्रमण भएमा, मृगौला वा मूत्रनलीमा पत्थरी भएमा, मूत्रथैलीमा मासु पलाएमा पिसाबमा रगत देखिन सक्छ । अत्यधिक परिश्रमयुक्त काम गर्ने, जिम गर्ने, गाह्रो कामहरु गर्नेहरुमा पनि पिसाबमा रगत देखिन्छ । गाह्रो काम नगर्ने व्यक्तिमा यस्तो समस्या हुँदैन ।

पिसाबमा रगत देखिँदा मान्छे आत्तिने गर्छन्, के यो कुनै ठूलो रोगको संकेत हो ?

पिसाबमा रगत देखिँदैमा ठूलो रोग हुन्छ भन्ने हुँदैन । जस्तै कहिलेकाहीँ महिलामा महिनावारी भएको बेला र पाठेघरबाट रगत बगिरहेको अवस्थामा पनि पिसाबमा रगत आएको हुनसक्छ । त्यसैले आत्तिनुपर्दैन । तर पिसाबमा रगतसँगै रगतको स–साना चोक्टा जाने र अन्य रोगको समस्या छ भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

यदि पिसाबमा रगत देखिएमा ज्वरो आउने, पिसाब पोल्ने हुन्छ । पिसाबको संक्रमणको कारणले रगत आएको हुनसक्छ । कम्मर दुख्ने, तल्लो पेट दुख्ने भएमा मृगौला वा मूत्रनलीमा पत्थरी भएर पिसाबमा रगत बगेको बुझ्न सकिन्छ । त्यस्तै पिसाब थैली र पिसाब नलीमा स्टोन भएमा पनि रगत बग्न सक्छ ।

यस्तै कतिपय अवस्थामा दुखाइ नभईकन पनि पिसाबमा रगत देखिन्छ । यसलाई चिकित्सकीय भाषामा पेनलेस हेमाच्युरिया भनिन्छ । पिसाब थैलीमा मासु पलाएमा, पिसाब नली वा मिर्गौलामा मासु पलाएमा र मृगौलाको क्यान्सर भएमा पिसाबमा रगत देखिन सक्छ । कम्मर दुख्ने भएमा, तल्लो पेट छाम्दा मासुको डल्लो भेटिएमा मृगौलामा मासु पलाएको हुनसक्छ । यसमा पूरै पिसाबसँगै रगत मिसिएर आएको हुन्छ । साथै पुरुषको हकमा प्रोस्टेटको समस्या भएमा पनि पिसाबबाट रगत बग्ने गर्छ ।

यो समस्या कसरी पत्ता लगाइन्छ ?

सुरुमा नियमित परीक्षणको क्रममा पिसाबमा रातो रक्तकोषिका देखिएको छ कि छैन ? छ भने कति छ ? पिसाबमा ढुंगा देखिएको छ कि छैन भनेर जाँच गरिन्छ । त्यसपछि पिसाबमा ब्याक्टेरिया छ कि छैन थाहा पाउन कल्चर गर्नुपर्छ । यसैगरी मूत्रनलीमा ढुंगा छ कि छैन ? पिसाब थैली र मृगौलामा मासु पलाएको छ कि छैन ? प्रोस्टेट ग्रन्थी ठूलो भएको छ कि छैन ? प्रोस्टेटले पिसाब थैलीलाई कुनै हानि पु¥याएको छ कि छैन भनेर थाहा पाउन भिडियो एक्सरे गरिन्छ । साधारणतया कहाँबाट रगत आइरहेको भन्ने कुरा भिडियो एक्सरेबाट पत्ता लाग्छ । यसबाहेक बिरामीको आवश्यकता अनुसार सिटी स्क्यान, सिस्टोस्कोपी (मूत्रनलीदेखि किड्नीसम्म दूरबीन हालेर रोग पत्ता लगाउने प्रविधि) गर्नुपर्ने हुन्छ ।

पिसाबमा रगत देखिने समस्याको उपचार नन–सर्जिकल र सर्जिकल दुवै विधिबाट गर्न सकिन्छ । पिसाबमा संक्रमण मात्र छ भने औषधीले निको हुन्छ । तर पत्थरी छ अथवा मासु पलाएको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?