काठमाडौँ – बम आक्रमणको चेतावनीपछि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ ।
दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।
मल सञ्चालकले प्रहरीलाई सो जानकारी गराएपछि अहिले विभिन्न मलहरूमा बम डिस्पोजल टोली र दमकल पुगेको छ । त्यस्तै धम्की पत्र, प्रहरीमा आएको जानकारीलगायतलाई आधार बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसअघि गुरुग्रामको एम्बियन्स मलमा गएको अगस्ट १७ तारिखमा पनि बम आक्रमणको धम्की आएको थियो ।
तर खोजीका क्रममा कुनै सन्दिग्ध वस्तु फेला परेको थिएन । अहिले पनि बम भने फेला नपरेको दिल्ली प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया