काठमाडौँ– चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनका लागि आज बुधवार तथा भोलि बिहीबार अन्तरवार्ता हुँदै छ ।
रिक्त बोर्ड अध्यक्ष पदका लागि प्रत्याशी रहेका छ जना चलचित्रकर्मीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्तर्वार्ता दिने छन् ।
जसमध्ये मन्त्रालयले आज बुधवार निर्देशक दिनेश डिसी , अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता अर्जुन कुमार डंगोललाई अन्तर्वार्तामा बोलाएको छ ।
त्यस्तै भोलि बिहीबार निर्देशक दीपा पाण्डे बस्नेत, बोर्डमै आबद्ध प्रकाश भट्टराई तथा संस्कृतिकर्मी राजेश थापाले अन्तरवार्ता दिने छन् ।
अभिनेता तथा निर्माता भुवन केसीको अध्यक्षको रूपमा दुई वर्षे कार्यकाल पूरा भएसँगै गत साउन ९ गते देखि चलचित्र विकास बोर्डको अध्यक्ष पद गतेदेखि रिक्त छ ।
आज र भोलि हुने अन्तर्वार्तापछि मन्त्रालयले तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । उनीहरूमध्ये एक जना अध्यक्षको रूपमा दुई वर्षे कार्यकालका लागि नियुक्त हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया