काठमाडौँ – एक्सन क्यामरा निर्माता कम्पनी गोप्रोले विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने भएको छ। यो भनेको १३९ जनाको रोजगारी खोसिने अवस्था हो ।
जुन वर्षको अन्त्यसम्ममा सबै अर्थात १३९ जनासम्म पुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
कम्पनीले यो पुनर्संरचना योजनाका लागि ५ देखि ७ अर्ब डलर खर्च हुने अपेक्षा गरेको छ भने तेस्रो चौमासमा पहिचानका लागि १० लाख डलर तथा चौथो त्रैमासमा ४० देखि ६० लाख डलर खर्च हुने आकलन गरेको छ।
यो महिनाको शुरुवातमा गोप्रोले दोस्रो त्रैमासमा साढे १८ करोड डलर आम्दानी भएको घोषणा गरेको थियो जुन गत वर्षको आम्दानीको तुलनामा २२.७ प्रतिशतले कम हो।
यसैगरी यस अवधिमा सञ्चालन खर्च १० करोड हाराहारी भएको थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया