काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व साेमबार स्नान गरी नयाँ यज्ञोपवीत ‘जनै’ धारणसहित डोरो बाँधेर मनाइन्छ । हिन्दु धर्मशास्त्रका अनुसार श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।
पछिल्लो समय श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी एवम् जनै पूर्णिमासँगै दाजुभाइ दिदीबहिनीले रक्षाबन्धन पर्व हर्षोल्लासका साथ मनाउँछन् । कतिपयले रक्षाबन्धनको दिन राखी बाँध्न सक्दैनन्, यस्तो अवस्थामा जन्माष्टमीमा पनि यो पर्व मनाइन्छ ।
यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको अटूट सम्बन्धको प्रतीक हो । दाजुको नाडीमा रक्षासूत्र बाँधेर दिदीबहिनीले उसको सुखमय जीवनको कामना गर्छन् भने भाइले बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।
यो रक्षा सूत्र एक धागो मात्र होइन, तर पवित्र सम्बन्धको धागो हो जसले प्रेम, विश्वास र सम्मानलाई प्रतिबिम्बित गर्दछ। राखीपछि मानिसहरु प्राय राखी निकालेर यता उता फाल्छन्, त्यसो गर्नु ठीक होइन ।
जान्नुहोस् कहिले हटाउनुपर्छ राखी ?
रक्षाबन्धनपछि राखी उतार्ने कुनै निश्चित दिन वा समय नभएको विश्वासअनुसार राखी लगाएको २४ घण्टापछि नै खोल्न सकिन्छ। कतिपय ठाउँमा जन्माष्टमीको दिन पनि राखी खोल्ने चलन छ ।
धेरै मानिसहरूले वर्षभर राखी लगाउँछन् तर यो गर्नु हुँदैन किनभने यसलाई अशुभ मानिन्छ। ध्यान राख्नुहोस् कि पितृ पक्ष सुरु हुनु अघि, तपाईंले राखी हटाउनुपर्छ। यो समयमा राखी धारण गरे अपवित्र हुने जनविश्वास छ । यसले जीवनमा नराम्रो प्रभाव पार्छ ।
रक्षाबन्धनपछि राखीलाई के गर्ने ?
राखी धेरै पवित्र धागो हो। यसलाई नाडीबाट हटाएपछि यसलाई डुबाउनु राम्रो हुन्छ। राखी विसर्जन गर्न नसके रुखमा बाँधेर रुखको जरामा गाड्न सकिन्छ ।
राखी भाँचिएको छ भने यसलाई बगिरहेको पानीमा तैर्नु उपयुक्त हुन्छ । यसलाई यता उता नफाल्नुहोस्, यसले दोष निम्त्याउँछ। रुखको जरामा १ रुपैयाँको सिक्कासँगै राख्न सक्नुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया