मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रज्ञा प्रतिष्ठानमा ‘एकासीको गाईजात्रा’ सुरु

काठमाडौँ– कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘एकासीको गाईजात्रा’ सुरु भएको छ । आइतबारदेखि विभिन्न कलाकारको प्रस्तुतीसँगै गाईजात्रा सुरु भएको हो ।

भाद्र ७ गतेसम्म हुने गाईजात्रा हरेक दिन साँझ ५ बजेदेखि सुरु हुने छ । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, व्यङ्ग्य कवि शैलेन्द्र सिम्खडादेखि कलाकार सुबोध गौतमसम्म एउटै मञ्चमा प्रस्तुत भएका छन्।

यसका साथै सजन श्रेष्ठ, सीता न्यौपाने, मेक्सम गौडेल, प्रभात लामा, चक्र दवाडी, माड्साप लगायतको समेत प्रस्तुति छ। होस्टका रूपमा रीमा विश्वकर्मा छिन्।

सोमबारदेखि राष्ट्रिय नाचघर जमलमा ‘गाईजात्रा महोत्सव २०८१’ सोमबारदेखि सुरू भएको छ।

यसमा सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), राजा राजेन्द्र पोखरेल, शिवशंकर रिजाल (जोगिन्दरु, सुरेन्द्र केसी ) मुलासागु, पल्पसा डंगोल (चम्सुरी), हिमेश पन्त, खड्ग बहादुर पुन (खबपु), सुयशा खनाल लगायतको प्रस्तुति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?