काठमाडौँ— चिनियाँ अटोमोबाइल ब्रान्ड बीवाईडीको प्रिमियम गाडी नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ ।
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले बीवाईडी सिल सार्वजनिक गरेको हो ।
साइमेक्सका अनुसार नेपाली बजारमा बीवाईडी सिल तीन भेरियन्ट बीवाईडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स उपलब्ध हुनेछ ।
जसको मूल्य एक करोड पाँच लाखदेखि एक करोड ८५ लाखसम्म तोकिएको छ ।
सिलको डाइनामिक भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ ।
यसले ४६० किलोमिटर सम्म रेन्ज दिने बताइएको छ । त्यस्तै सिलको प्रिमियम भेरियन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २३० किलोवाटको मोटर राखिएको छ ।
साथै सिलको हाई भेरियन्ट अर्थात पर्फमेन्समा ८२.५६ किलोवाट आवरको ब्याट्री र ३९० किलोवाटको मोटर राखिएको छ । यसले ५२० किलोमिटर रेन्ज दिने बताइएको छ ।
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले गाडीको बुकिङ खुला भइसकेको बताए ।
गाडीमा ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्ट पावर ब्रेक सिस्टम, ट्य्राक्सन कन्ट्रोल सिस्टम, अटो होल्ड, ट्राफिक साइन रिकग्निसन, लेन डिपार्चर वार्निङ, ब्लाइड स्पट डिटेक्सन लगायतका फिचर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया