काठमाडौँ – सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।
मन्त्रालयले पूर्वतयारी स्वरूप स्वास्थ्य विज्ञहरूको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर सञ्चालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेस्कहरू सञ्चालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी सङ्कटको घोषणा गरेको थियो । यो सङ्क्रमणबाट अहिलेसम्म कङ्गोमा मात्र ५४८ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया