मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्वजनिक गर्दै भारतमा स्वागत गरेका छन् ।    

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ । 

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी बिहीबार स्वदेश फर्कने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?