मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीका कारण अवरुद्ध भएको टेलिकमको मोबाइल सेवा सञ्चालनमा

काठमाडौँ– सोलुखुम्बु जिल्लाको थामेमा बाढीका कारण अवरुद्ध भएको  मोबाइल सेवा नेपाल टेलिकमले सञ्चालनमा आएको छ । 

सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका ५, स्थित थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएपछि मोबाइल सेवा अवरुद्ध भएको थियो । 

बाढीले उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएको थियो। नेपाल टेलिकमले उक्त बीटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको जनाएको छ।

हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोबाइल सेवा स्थापित भइसकेको टेलिकमले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?